एमाओवादीको दुई तिहाई सुनिश्चित भइसक्यो

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ८:२८ मा प्रकाशित

 वर्षमान पुन ‘अनन्त’, नेता एमाओवादी

brashman-pun
० पूर्वको काकडभिट्टदेखि मेचीकाली जागरण अभियानमा एमाओवादीले मिठा–मिठा सपना बाँड्यो र उक्त सपनामा डुबेमा फेरि पनि संविधान नबन्ने आरोप लगाउन थालेका छन् त ?
– हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा सुरुभएको मेचीकाली जागरण अभियान साँच्चै एउटा महान् अभियान बन्न पुगेको छ । यसले नेपाली जनतामा अभूतपूर्व जागरण ल्याएको छ ।  अब एमाओवादीको दुई तिहाई आउने स्पष्ट नै देखिइसकेको छ । यसबाट अत्तालिएर विपक्षीले के–के आरोप लगाउँछन्, त्यसको हामीले कुनै खण्डन गरिरहनु जरुरी नै छैन । स्वतः विरोधीहरु गलत र हामी सही सावित भइसकेका छौं ।
अर्को कुरा नेपाली समाज आलोचनात्मक छ । मुख्यतः सपना देख्नु हुन्न भने योजना कसरी बन्छ ? योजना, आकांक्षा नै भएन भने कसरी कहाँ जाने । त्यसैले योजना, कार्यक्रम, रणनीतिहरू अलिकति सपना हुन्छन् नै । एमाओवादीले संघीयता, गणतन्त्र, परिवर्तनको सपना देखायो । विस्तारै विस्तारै समाज यहाँसम्म आएको छ । अहिले पनि समाजको तीव्र विकासको परिकल्पना गरेको छ । १०, १२, १४ प्रतिशतको आर्थिक वृद्धिदरको सपना देखाएको छ । यो यथार्थ योजना पनि हुन आएको छ ।
० २० वर्षमा नेपाललाई विश्वको उच्च मध्यम र ४० वर्षमा उच्च तहको धनी देशमा रूपान्तरण गर्छाै भन्नुभएको छ ? यति धेरै चुनौती छ र पनि यति ठूलो सपना देखाइरहनु भएको छ, आधार के छन् ?
–यसको आधार भनेको २ करोड ६४ लाख जनता सबै कोही पनि दोस्रो दर्जाको नागरिक छैनन् । यो समाजमा म स्वतन्त्र, स्वाभिमानी, सवल नेपाली नागरिक हुँ भन्ने खालको राजनीतिक ‘प्लेटफर्म’ बनाइदिने र संविधानबाट अधिकार सम्पन्न गराइदिने हो भने त्यो सम्भव छ । र, त्यसका लागि संविधान निर्माण गर्ने, जनतालाई अधिकार सम्पन्न गर्ने, ‘युनाइट’ गर्नुपर्दछ । हामीभित्रै जनशक्ति, प्राकृतिक स्रोत–साधन, योजना, अवसर, साधनस्रोत छन्, यो सम्भव छ । र, जति अपुग छ वैदेशिक ऋण लिन सक्छौं, सहायता लिन सक्छौं । पुँजी पुगेन भने लगानी भित्र्याउन सक्छौं । र, जुन परिकल्पना गरेका छौं त्यो सम्भव छ ।
० मतदाताले एमाओवादीलाई किन मत दिने ?
–पहिलो कुरा त संविधान निर्माण गर्ने हो । अहिलेको निर्वाचन संविधानसभाको भएकाले हामी जनताको आफ्नै संविधान बनाउन चाहन्छौं त्यसैले मतदान गर्ने हो । त्यसैगरी अहिले तत्काल चार वर्षका लागि व्यवस्थापिकाको समेत निर्वाचन हुँदैछ । यसले सरकार पनि बनाउने र विकास, निर्माण, पूर्वाधार, जनताका अधिकारका तत्कालिन आवश्यकताका कामहरू पनि हेर्ने भएकोले आर्थिक समृद्धि, सामाजिक रूपान्तरण, शिक्षा, स्वास्थ्यलगायतका विषयमा हाम्रो स्पष्ट मार्गचित्र योजना भएकाले एमाओवादीलाई जिताउनु पर्दछ ।
० पहिलो संविधानसभामा पनि तपाईहरूले यस्तै मुद्दाहरूलाई त उठाउनुभएको थियो नि ?
–त्यतिबेला इतिहासमा चाँहि एकपटक मात्रै संविधानसभाको निर्वाचन हुन्छ भनेका थियौं । तर, हाम्रो इतिहासमा हुने विरलै घटनामा संविधानसभाको दोस्रो निर्वाचन पर्दछ । २००७ सालमा संविधानसभा गर्ने भनियो सिद्धान्तमा रह्यो । २०६४ मा ग¥यौं । तर, काम ‘कम्पिलिट’ गर्न सकेनौं । अहिले २०७० मा चाँहि त्यो काम फाइनल गर्नेछौं ।
० पहिलो संविधानसभामा संविधान निर्माण हुन नसक्नुको कारण के हुन् ?
– संविधान दिन नसकेकामा हामीले पनि कमजोरी महसुस गरेका छौं । कांग्रेस र एमालेसँग अन्तिम समयसम्म सहमतिको कोसिस ग¥यौं । सहमतिबाट वा सहमति नबन्दा मतदान प्रक्रियाबाट दुई तिहाइले टुंग्याएका विषयहरू संविधानको रूपमा बनाउनुपथ्र्यो । यो विषय सहमतिको एउटा प्रक्रियामा मात्र रह्यो । अन्तिम अवस्थासम्म सहमति भएन र मतदान प्रक्रियाबाट पनि टुंग्याउन सकेनौं । त्यही हो कमजोरी । र, आगामी दिनमा संविधान बन्ने ग्यारेण्टी के छ भने, पहिलो ६ महिना हामी मस्यौदा बनाउँछौं । अर्काे ६ महिना छलफल गर्छाैं । सहमति बनेन भने मतदानमा लगेर भए पनि हामी टुंग्याउँछौं ।
० यो कुरा जनताले कसरी पत्याउने ?
–यो स्वाभाविक कुरा हो । किनभने नेपालको राजनीतिमा, सामाजिक घटनाक्रमहरूमा विदेशीहरू, विज्ञहरूसमेत हैरानीमा पर्छन् । कतिपय नियमभन्दा पनि बाहिर घटनाक्रम भएका छन् । त्यसैले पत्याउने नपत्याउनेभन्दा पनि घटना, परिणाम र व्यवहारमा हेर्ने कुरा हो । दुई वर्षमा संविधान बनाउँछौं भन्दा धेरै आकांक्षी भएछौं भन्ने देखिन्छ । अर्काे दुई वर्ष थपियो, त्यहाँ पनि मिलेन । किन मिलेनभन्दा, हामी जनयुद्धबाट आएका थियौं, द्वन्द्व व्यवस्थापन गर्ने कुरा पनि थियो । त्यसैले शान्ति प्रक्रियाको एउटा काम सकिएको छ । त्यसको क्लाइमेक्स भनेको संविधान जारी गर्ने हो । राम्रो कुरो हिजो हामी ठूलो द्वन्द्वमा थियौं । त्यसको व्यवस्थापन भयो । त्यसलाई संविधानमार्फत् तार्किक निष्कर्षमा पु¥याउन र संस्थागत गर्ने काम बाँकी छ । यसरी हेर्दा निकै ठूलो उपलब्धी हो । देशले शान्ति पाएको छ । समाजले एउटा गति लिएको छ ।
० अब संविधान बन्ने आधार के छन् ?
–हामीमाझ संसदीय धार र क्रान्तिकारी धार गरी दुई धार छन् । त्यो दुईटै मिलाएर बीचको एउटा धार बनाउने निकै अप्ठ्यारो विषय हो । त्यो सन्तुलन नमिल्दा संविधान बनेन । अब त्यो सन्तुलन बनाएर कसरी जाने ? यो हाम्रो अगाडिको च्यालेन्ज हो । त्यसैले हिजोको शक्ति सन्तुलन पनि मिलेन, अब हामीलाई बहुमत दिनुहोस् र कम्तिमा पनि पहिचान, संघीयता, परिवर्तनका पक्षधरहरूलाई दुई तिहाइ दिनुहोस् । हामी सहमतिबाट संविधान नभए दुई तिहाइबाट संविधान बनाउँछौं ।Barsha Man Pun 2
० यहाँहरूले पहिचानसहितको संघीयताको मुद्दा जोडदार उठाइरहनुभएको छ । पहिचानसहितको संघीयतामा हुँदा जताले के पाउँछन ?
–सर्वप्रथम पहिचान र सामर्थमा पहिचानको पाँच वटा आधारहरू र सामथ्र्यको चारवटा आधारहरू छन् । माओवादी पहिचानको पक्षमा अन्य सामथ्र्यको पक्षमा देखिन्छ । एकातिर सामथ्र्य भन्दै सात वटा प्रदेश देखाउने अर्काेतिर पहिचानभन्दै १३ प्रदेश देखाउने दल छन् । यो त बाध्यता रहेछ । हामीले भनेको विशुद्ध पहिचान तथा विशुद्ध सामथ्र्य पनि होइन । इतिहासमा जस्तै कणाली–सेती–महाकाली क्षेत्रीय रूपले उत्पीडनमा प¥यो, त्यसको पहिचान । यस्तै लिम्बूवान, किराँतलगायत एउटा समूदाय, राष्ट्रियता, जातिको रूपमा उत्पीडन प¥यो, त्यसको पहिचान । मधेस एउटा क्षेत्र भएकै कारण केन्द्रीय सामन्ती राज्यबाट उत्पीडनमा प¥यो । यो कुरालाई बुझेर कहाँ–कहाँ उत्पीडनमा परेका छन् त्यहाँकालाई अधिकार सम्पन्न गर्ने हो ।
० एउटा जातिको नाममा राज्यको नामाकरण गर्दा राज्य कसरी बलियो हुन्छ ?
–भेरी–कर्णाली, सेती–महाकाली, मधेस कसरी जातीयता भयो यो हाम्रो प्रश्न हो ? हिजो कर्णाली काठमाडौंको सामन्ती राज्यले उत्पीडन ग¥यो । त्यहाँ स्वात्तयता दिएपछि कर्णालीले आफूलाई विकास गर्छ, अगाडि आउँछ । मधेसको पनि त्यही हो । यसैगरी हिजो लिम्बुवान एउटा राष्ट्रियता, प्रदेश थियो । पहिचान भनेको बीचमा उत्पीडन या खोसिएकालाई स्थापित गर्ने, सबैको स्वाभिमानलाई स्थापित गर्ने र अगाडि बढ्ने हो । कसैको स्वाभिमान स्थापित गरेर अर्काको हनन् गर्ने भनेको होइन । जातीयता या राष्ट्रियता लामो समयको प्रक्रिया, संघर्षबाट बन्छ, साझा भाषा, भुगोल, मनोविज्ञान, आर्थिक क्रियाकलापबाट बन्ने चिज हो ।
० तपाई पूर्वको नेतृत्व गर्दै मोरङबाट उम्मेद्वार बन्नुभएको छ, पूर्वमा के–के गर्दै हुनुहन्छ ?
– पूर्वी व्युरो, जहाँ १४ जिल्लाका ४४ निर्वाचन क्षेत्र मेरो जिम्मामा छ । यी निर्वाचन क्षेत्रमा परिचालनका योजनाहरू बनाएर जनताबीच पुगेका छौं । यहाँको स्थितिको विश्लेषण गर्ने, थप रणनीतिहरु बनाउने र आफ्नो निर्वाचन क्षेत्रमा पनि दिनदिनै घरदैलो कार्यक्रम गरिरहेको छु ।
० तपाई मोरङ क्षेत्र नं. ९ को उम्मेद्वार हुनुहुन्छ, आफ्नो क्षेत्र र जिल्लालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
–हाम्रो पार्टी यहाँ मजबुत छ । विगतमा पनि जितेकै हो । अरू पार्टीहरू पनि आफ्नो लेबलमा काम गरिरहेकै छन् । सामान्यतया हेर्दा यो क्षेत्रमा मैले विगत १० वर्षसम्म काम गरेकै हो । सबै गाविस त्यसबेला पनि घुमेकै हुँ । म २०६०÷६१ मा मेची कोशीको इन्चार्ज थिएँ । अर्काेतिर म बीचमा अर्थमन्त्री हुँदा पनि केही कामहरू गरेको थिएँ । र, अहिले उम्मेद्वार भएर आउँदा जनतामा धेरै उत्साह थपिएको छ । समग्रमा एमाओवादीको देशैभरी राम्रो छ । मोरङका ९ वटै निर्वाचन क्षेत्रमा एमाओवादीले जित्ने अवस्था छ । कृष्णसेन समाचार सेवा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us