तसलीमा नसरीनका तस्विर, तपाईंले पहिले देख्नु भएको थियो ?

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ५:३१ मा प्रकाशित

taslima-nasreen4काठमाण्डु–साहित्यको दुनियामा बंगलादेशी लेखिका तसलीमा नसरीन विवादित छिन् । बंगलादेशमा रहँदा उनले हिन्दू विरोधी साम्प्रदायीकताको विरुद्ध ‘लज्जा’ नामक उपन्यास लेखिन् । यो किताब निकै चर्चित र विवादित भयो । जसको कारण सरकारले उनलाई मृत्युदण्डको फैसला गर्यो । उनी देश छाड्न बाध्य भइन् । यूरोप र अमेरिका हुदै उनी हाल भारतमा निर्वासित जीबन बिताउँदै आएकी छन् ।

taslima-nasreen1आफ्ना कृति नारीवादी रहने उनको दावी छ । तर उनलाई अश्लीलताको खेती गरेको आरोप लाग्ने गर्दछ । तसलीमाले छानी छानी यस्ता विषयमा ट्वीट गर्छिन् की जसबाट उनको चर्चा होस् । taslima-nasreen2एकपटक उनले भारतीय चलचित्रकी नायीका बनेकी पोर्नस्टार सनी लियोनलाई व्यङ्ग्य गरिन् । उनले ट्वीट गरेकी थिइन्, ‘तपाईं पोर्नस्टारलाई सेलिब्रेटी बनाउनु हुन्छ भने देशका युवाहरुमा गलत असर पर्छ । तपाईं आफैले आफ्ना छोरीहरुलाई पोर्न स्टार बनाउन उक्साइरहनु भएको छ ।’ उनले बेलाबेलामा भारतीय मोडल पुनम पाण्डेको पनि आलोचना गर्छिन् ।

taslima-nasreen3गएको बर्ष तसलीमाले प्रसिद्ध बंगाली लेखक सुनील गंगोपाध्यायप्रति यौन उत्पीडनको आरोप लगाएकी थिइन् । आफू २४ बर्षको छँदा गंगोपाध्यायले यौनशोषण गरेको उनको आरोप थियो । हाल ५१ बर्ष पुगेकी तसलीमाले आफ्ना अलग–अलग उमेरका तस्विरहरु ट्वीटरमार्फत् पहिलोपटक सार्बजनिक गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us