
काठमाण्डु,४ असोज–चिनिया बिदेशमन्त्री वाङ यीले छिमेकी मुलुकलाई सुरक्षाको प्रत्याभूति चीनको दृढ रणनीतिक लक्ष्य रहेको बताएका छन । क्षेत्रीय शान्ति तथा स्थिरताका सुरक्षा बिभिन्न मुलुकको साझा जिम्मेवारी हुने पनि उनले बताए । चिनिया उच्च अधिकारीले चार दिने नेपाल भ्रमण थाल्नु अघि बिदेशमन्त्री यीले त्यस्तो धारणा सार्वजनिक गरेका हुन ।
चीन,उत्तर कोरिया,अमेरिका,रुस,जापान र दक्षिण कोरियाका करीव ६० जना बिशेषज्ञ सहभागी रहेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यीले त्यस्तो धारणा व्यक्त गरेका हुन । कोरियाली प्रायदीपमा ६पक्षीय वार्ता शुरु भएको १० औ बार्षिकोत्सवका अवसरमा १८ सेप्टेम्बरमा बेइजिङमा आयोजित ६ पक्षीय वार्तामा दृढ रहेर संयुक्त रुपमा दीर्घकालीन शान्तिको सिर्जना बिषयक गोष्ठीमा मन्त्री यी बोल्दै थिए । कोरियाली प्रायदीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने,प्रायदीपको शान्ति र सुरक्षाको रक्ष ागर्ने व्यवहारिक उपाय रहेको उनले बताए । केहि समययता कोरियाली प्रायदीपमा परिवर्तन हुदै आएको स्मरण गराउदै मन्त्री यीले त्यो परिस्थितिलाई सकारात्मक दिशामा लैजानु पर्नेमा जोड दिए ।
तीन साता अघि बिदेशमन्त्री यीले नेपालको परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापासँगको भेटमा नेपाल र चीन बिश्वसनीय रणनीतिक साझेदारको रुपमा रहदै आएको स्मरण गराएका थिए । नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डता प्रति सम्मान व्यक्त गर्दै मन्त्री यीले राष्ट्रिय आवश्यकता अनुसारको बिकासपथमा सहयोग गर्न चाहेको बताएका थिए । असल छिमेकी र मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिन चीनको नयाँ नेतृत्वको प्रतिबद्धता पनि मन्त्री यीले व्यक्त गरेका थिए । भावना,हित र मुटुदेखिकै दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै बृहत्तर बिकासका पक्षमा मन्त्री यीले आफूलाई सचिव थापा समक्ष प्रस्तुत गरेका थिए । नेपालमा चीनका १८ जना राजदुतले काम गरिसकेका छन ।
नेपाली राजनीतिलाई नियालिरहेको चीनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझन राज्य परिषदका सञ्चार मन्त्री छाइ मिङचाओलाई चार दिने नेपाल भ्रमणका लागि पठाएको छ । बिहिवार अपरान्ह काठमाण्डु आइपुगेका मिङचाओले शुक्रवारदेखि राजनीतिक भेटवार्ता थाल्ने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मिङचाओले राष्ट्रपति डा रामवरण यादव,मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी,परराष्ट्रतथा गृहमन्त्री माधव प्रसाद घिमिरे,सूचना तथा सञ्चार मन्त्री माधव पौडेल,एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेसका सभापति सुशिल कोइराला,एमाले अध्यक्ष झलनाथ खनाल,नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यसहित बिभिन्न राजनीतिक दलका नेताहरुसँग पछिल्लो राजनीतिक अवस्थाका वारेमा छलफल गर्नेछन । स्रोतले भन्यो ‘चीन साझा सहमतिमा नेपाली राजनीति अघि बढोस् भन्ने चाहन्छ ।’
राष्ट्रसंघको ६८ औ महासभामा नेपालको सम्बोधन १२ गते, भारतीय प्रधानमन्त्रीसँग भेट हुने
सन २०१५ पछिको बिकास कार्यसूची माथि छलफल गर्न संयुक्त राष्ट्रसंघको ६८ औ महासभा न्युर्योकस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा शुरु भएको छ । ६८ औ महासभाका अध्यक्ष जोन विलियम आशेले मंगलबार उदघाटन गरेको समारोहलाई सम्बोधन गर्दै सन् २०१५ पछिको बिकास कार्यसूचीका तयार गर्न अन्तराष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । सहस्राब्दी बिकास लक्ष्यको अन्तिम मिति नजिकिदै गर्दा बिकास लक्ष्यलाई साकार पार्ने प्रक्रियालाई तीब्रता दिनेछ ।
पाँच दिएको समय छुटयाएर न्युर्योक प्रस्थान गर्न लागेका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले महासभालाई असोज १२ गते सम्बोधन गर्ने कार्यक्रम छ । असोज १० गते न्यूयोर्क प्रस्थान गरी १४ गते फर्कने कार्यक्रम बनाएका रेग्मीले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंह र चिनिया बिदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछन् । परराष्ट्र तथा गृहमन्त्री माधवप्रसाद घिमिरेले भने आफनो भ्रमणलाई रद्द गरेका छन्। महिला, युवा र गैरसरकारी समाज, मानवअधिकार र कानुनी शासन, दक्षिण–दक्षिण वीचको सहयोग, त्रिपक्षीय सहयोग र सूचना तथा टेलिकम प्रविधिबारे महासभामा छलफल हुनेछ ।
राष्ट्रसंघ सुरक्षा परिषदका पाँच स्थायी सदस्य मुलुक अमेरिका,रुस,वेलायत,फ्रान्स र चीनका कुटनीतिज्ञहरुले मंगलवार र बुधवार सिरियाली रासायनिक हतियार समस्याका वारेमा छलफल गरेका छन् । अमेरिका,वेलायत र फ्रान्सले तयार पारेको सिरियाको रासायनिक हतियार सम्बन्धी मस्यौदा प्रस्ताव माथि ती मुलुकका कुटनीतिज्ञबीच छलफल भएको हो । सिरियाको रासायनिक हतियार सम्बन्धमा अमेरिका र रुस वीच भएको सम्झौता अनुसार रासायनिक हतियार नष्ट गर्ने प्रावधान मस्यौदामा राखिएको छ । राष्ट्रसंघका महासचिव वान की मूनले रासायनिक हतियार नष्ट गर्न सुरक्षा परिषद एकमतका साथ निर्णय पुग्ने आशा व्यक्त गरेका छन् ।
अन्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा