
बेइजिङ–चीनले निकट भबिश्यमा आफनो अन्तरिक्ष केन्द्र १३ वटा प्रणालीबाट गठन हुने पहिलो पटक खुलासा गरेको छ । चीनले मानववाहक अन्तरिक्ष उडानको कार्यभार लागू गरेको दशौ बार्षिकोत्सवको अवसरमा वेइजिङमा आयोजित मानववाहक अन्तरिक्ष प्रविधि सम्बन्धी अन्तराष्ट्रिय गोष्ठीमा उसले त्यस्तो खुलासा गरेको हो । चीनले सन २०२० को अघि वा पछि अन्तरिक्ष केन्द्रको अनुसन्धान र प्रक्षेपण गर्ने तयारी गरेको छ ।
संयुक्त राष्ट्रसंघीय बाह्य अन्तरिक्ष मामिला कार्यालय र चिनियाँ मानववाहक अन्तरिक्ष कार्यालयद्धारा पहिलो पटक बेइजिङमा संयुक्त रुपमा आयोजित गोष्ठीमा बिश्वका २० मुलुक र एशियाका एक सय ५० जना अन्तरिक्ष बिशेषज्ञहरुको सहभागीता थियो । मानववाहक अन्तरिक्ष प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको मुख्य उद्देश्य “मानववाहक अन्तरिक्ष प्रविधिसम्बन्धी प्रस्ताव”अन्तर्गत अन्तरिक्ष प्रयोग परियोजना लागू गर्न घच्घच्याउनु रहेको छ।
‘अन्तरिक्ष केन्द्रका तेह्र वटा प्रणाली छन्। थेन कुङ प्रयोगशाला प्रणाली थेन कुङ नम्बर दुई चरण पूरा भएपछि सम्पन्न भएको छ। हामीले छाङ चङ सात नम्बर रकेट र छाङ चङ पाँच नम्बरको बी क्यारियर रकेट, अन्तरिक्ष केन्द्रका दुई वटा परीक्षण कक्षको अनुसन्धान गर्नेछौं। साथै अन्तरिक्ष प्रयोगको वैज्ञानिक प्रबन्धको अनुसन्धान पनि हुँदैआएको छ’ गोष्ठीमा पत्रकारहरुको जिज्ञासा मेटाउँदै चीनको मानववाहक अन्तरिक्षका प्रमुख इन्जिनियर चौ चे फिङगले भने”हाम्रो अन्तर्राष्ट्रिय सहयोगको विभिन्न तरीका छ। चीनको अन्तरिक्ष केन्द्रले अरु मुलुकका अन्तरिक्ष केन्द्रहरुसँग जोड्ने वा चीनसँग सहयोग गरी संयुक्त रुपमा अनुसन्धान गर्ने प्रयोगशाला कक्षसँग जोड्नेछ।” प्रमुख इन्जिनियर चौकाअनुसार, अन्तरिक्ष केन्द्र मानववाहक अन्तरिक्ष उडानको राम्रो चौतारो हो। चीनको अन्तरिक्ष केन्द्र राष्ट्रिय प्रयोगशालाको मापदण्डअनुसार निर्माण गरिनेछ। सिआरआई