गगनको सिफारिस बदर गर्न सुशिल र देउवालाई उजुरी

काठमाण्डु टुडे २०७० भदौ २८ गते ३:३२ मा प्रकाशित

gaganकाठमाण्डु २७ भदौ–नेपाली काँग्रेसका युवा नेता गगन थापाको काठमाण्डू क्षेत्र नम्बर ४ बाट उम्मेदवारी सिफारिस भएपछि काँग्रेस भित्रैबाट बिरोध भएको छ । थापाले उम्मेदवार बनाउन धम्की दिएको भन्दै पूर्वसभासद् सूप्रभा घिमिरे लगायतले काँग्रेसको जिल्ला कार्यसमिति र केन्द्रीय समितिमा बिरोध पत्र बुझाएका छन । 
थापाको सिफारिसको बिरोध गर्दै पूर्वसभासद् सूप्रभा घिमिरे, प्रतिमा गौतम, विनोद बाबु बस्नेत , श्रीराम लामिछाने , जानु घिमिरे , साधुराम खड्का लगायतले लिखित निवेदन सभापति शुसिल कोईराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई बुझाएका छन ।
बिरोध पत्रमा क्षेत्रले जिल्ला मार्फत पारदर्शी र समावेशी ढंगले सिफारिस गर्न भनेकोमा त्यसो नगरी छलकपट र व्यक्तिगत पूर्वग्रहराखी अप्रजातान्त्रिक ढंगले क्षेत्रिय कार्य समितिले नियोजित तवरले बहुमतको आधारमा गरिएको भनिएको अवैधानिक एवं अपारदर्शी निर्णय बदर गर्न माग गरिएको छ । पहिले गगन थापालाई काठमाण्डू क्षेत्रनम्बर ४ बाट उम्मेदवार बनाउन क्षेत्रिय सभापति नुच्छेमान ढंगोलले घरघरमा गएर माईनुट गराएपछि त्यसको चर्को विरोध भएको थियो । त्यसपछि सहमतिका लागि बसेको बैठकमा युवा नेता थापाले आफूलाई सिफारिस नगर्ने भए आफूले केन्द्रबाट जे पनि गर्नसक्ने धम्की दिएको विरोधी नेतृ प्रतिमा गौतमले बताइन ।gagan ujuri
असन्तुष्ट अर्का नेता श्रीराम लामिछाने भने‘गगनजीले त्यस दिन बिहान भक्तपुरमा आफू चुनावमा नउठ्ने बरु देशभर पुगेर संविधानसभा चुनावमा काँग्रेस उम्मेदवारलाई जिताउँछु भन्नु भएको थियो । तर बैठकमा आएर त्यसको विपरितको कुरा गर्नु भयो । उहाँले आफ्नो एकल नाम सिफारिस नगरे केन्द्रबाट जे पनि गर्नसक्छु भनेर धम्की दिनुभयो । त्यसैले यो निर्णयको हामीले बिरोध गरेका हौं ।’ थापाको नाम सिफारिस प्रति काँग्रेसका पुराना तथा स्थानीय नेता असन्तुष्ट छन । लामो समयसम्म आफूहरुले दुख गर्ने तर पदीय कुरा अरुलाई सुम्पिनु पर्ने बाध्यता भएको उनीहरुको गुनासो छ ।
त्यस्तै समानुपातिकमा पहिलो नम्बरमा सिफारिस गर्न लागिएका पुराना नेता आत्माराम पौडेललाई समानुपातिकको तेस्रो नम्बरमा क्षेत्रिय समितिले सिफारिस गरेको छ । तर उनले यस बारेमा कुनै प्रतिक्रिया दिएका छैनन । पार्टीले उम्मेदवारको विषयमा कुरा नमिलाए थापालाई चुनावमा समेत असहयोग गर्ने उसन्तुष्ट नेताहरुले चेतावनी दिएका छन । यसअघिका संविधानसभा चुनावमा काठमाण्डू क्षेत्र नम्बर ४ बाट काँग्रेस नेतृ सूप्रभा घिमिरे विजयी भएकी थिइन । काँग्रेसका विभिन्न निकायमा काम गरेका र झण्डै ३० वर्षसम्मको राजनीतिक लगानी भएका आत्मराम पौडेल लगायतको अपमान भएको असन्तुष्ट नेताहरुले बताएका छन । क्षेत्रिय समितिले प्रत्यक्षमा गगन बाहेक ३ जनालाई वैकल्पिक र समानुपातिकमा ९ जनालाई सफारिस गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us