भारत भ्रमण सफल: कोइराला

काठमाण्डु टुडे २०७० साउन २६ गते १:१० मा प्रकाशित

काठमाडौँ, २५ साउन । काँग्रेस सभापति सुशील कोइरालाले आफ्नो भारत भ्रमण पूर्ण रुपमा सफल रहेको  दाबी गरेका छन् ।
साताव्यापी भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्केका कोइरालाले भारतीय नेताहरुले आफूसँगको भेटमा नेपालमा मंसिर ४ मा हुन गइरहेको संविधानसभा  निर्वाचन  र sushilलोकतन्त्र सुदृढीकरणका लागि भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएको जानकारी दिए । भारतीय शीर्षस्थ नेतृत्वलाई आफूले मंसिर ४ मा निर्वाचन हुनेमा आश्वस्त तुल्याएको कोइरालाको भनाइ थियो ।
कोइरालाले आफ्नो भ्रमणले नेपाल–भारत सम्बन्ध थप प्रगाढ भएको दाबीसमेत गरे । भारत बसाइका क्रममा कोइरालाले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, सत्तारुढ कँग्रेस–आई अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्शीद, विदेशसचिव सुजाता सिंहलगायतसँग भेटवार्ता गरेका थिए ।
आफूले बिहार र उत्तरप्रदेशको भ्रमण गरी त्यहाँका मुख्य मन्त्रीरुसँग भारतीय बाँधका कारण नेपालतर्फ पर्ने गरेको असर र सीमा क्षेत्रमा हुने गरेका आपराधिक गतिविधिलगायत समस्या समाधान गर्न ध्यानाकर्षण गराएका थिए । भारतीय प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा कोइराला महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाका साथ गत आइतबार दिल्ली गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us