काँग्रेसको बन्दले चितवनको जनजीवन कष्टकर

काठमाण्डु टुडे २०७० साउन २५ गते ७:३० मा प्रकाशित

काठमाडौँ, २५ साउन । भारतीय चालकमाथि कुटपिट गर्ने आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाली काँग्रेसले आह्वान गरेको बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ ।
बन्दक कारण पूर्वपश्चिम राजमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् । आकस्मिक रुपमा भएको बन्दका कारण गन्तव्यमा हिँडेका सयौं यात्रु बीचबाटोमै अलपत्र परेका छन् । बन्दका कारण शिक्षण संस्था, बजार–पसल तथा औद्योगिक प्रतिष्ठानसमेत ठप्प छन् ।
बन्दकर्ताले भरतपुर, नारायणगढलगायत स्थानमा पक्राउ परेकाको रिहाइको माग गर्दै बिहानैदेखि  नाराबाजी र प्रदर्शन गरिरहेका छन् । भारतीय सवारी चालकमाथि साइट नदिएको आरोपमा कुटपिट गर्ने कार्यमा सलग्न काँग्रेस कार्यकर्ता प्रमेश राई र यमबहादुर कार्कीलाई प्रहरीले मंगलबार पक्रेको थियो ।
यसअघि काँग्रेस भातृ संगठन नेपाल तरुण दलले हिजो गरेको बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको थियो । यसैबीच चितवन प्रहरीले पक्राउ परेका राई र कार्कीविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्धा दायर गर्ने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us