सरकारबाट नेकपा–माओवादी नेतृत्वको मोर्चालाई फेरि पत्राचार

काठमाण्डु टुडे २०७० साउन २४ गते १४:४० मा प्रकाशित

काठमाडौ, २४ साउन ।  सरकारले नेकपा–माओवादी नेतृत्वमाको मोर्चालाई वार्तामा आउन फेरि पत्राचार गरेको छ ।
सरकारले माओवादी नेतृत्वमा रहेका ३३ दललाई नै सम्बोधन गरेर वार्तामा आउन पत्र पठाएको हो । मोर्चामा रहेका दलले आफूहरुलाई सम्बोधन नगरेको भन्दै वार्तामा नजाने बताएपछि सरकारले ३३ दललाई नै सम्बोधन हुने गरी वार्तामा आउन पत्र पठाएको हो । सरकारका तर्फबाट गृहमन्त्री माधवप्रसाद घिमिरेले पठाएको पत्रमा समस्या समाधानका लागि वार्ता एकमात्र विकल्प रहेको उल्लेख छ ।

पत्रमा सरकारले वार्ताको स्थान, मिति र समय दुवै पक्षको सहमतिबाट निर्धारण हुने उल्लेख गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us