सशस्त्र समूहका सैन्य कमाण्डर पक्राउ

काठमाण्डु टुडे २०७० साउन २४ गते ११:२५ मा प्रकाशित

पर्सा, २४ साउन । तराईमा भूमिगत सशस्त्र गतिविधि सञ्चान गर्दै आएको तराई मुक्तिमोर्चा (प्रकाश समूह) का सैन्य कमाण्डर भनिने सुनिल जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको टोलीले बिहीबार पर्साको जानकीटोला–१ बाट उनलाई पक्रेको हो । भारतको ईनर्वाबाट नेपाल आउँदै गरेका बेला विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बारा गन्जभवानीपुरका स्थायी बासिन्दा उनी २०५९ सालमा सशस्त्र प्रहरी बलमा भर्ती भएका थिए । उनी २०६१ सालमा जागिर छाडेर भूमिगत समूहमा गालेका थिए । उनले एकीकृत माओवादी भोजपुरा राज्य समिति सदस्य कन्हैया यादव, उनका दाजु रामप्रकाश यादव, दारा यादव र अम्बिका महतो लगायतलाई गोली हानी हत्या गरेका थिए ।
बारा, पर्सा, रौतहटलगायत तराईका विभिन्न जिल्लामा चन्दा आतंक मच्चाउँदै आएका जैसवाल प्रहरीको सर्वाधिक खोजी सूचीमा थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us