अशोक राईको पार्टीका पाँच सर्त

काठमाण्डु टुडे २०७० साउन २४ गते ६:२३ मा प्रकाशित

काठमाडौँ, २४ साउन । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले निर्वाचनमा सहभागी हुन पाँचबुँदे लिखित सर्त अघि सारेको छ ।
उच्चस्तरीय राजनीतिक समितिसँग नयाँबानेश्वरमा बिहान भएको वार्तामा संघीय समाजवादीले पाँचबुँदे सर्त राखेको हो । वार्तामा आफूहरुले मुख्य दलबीच भएको ११ बुँदे सहमति raiर २५ बुँदे बाधाअड्काउ आदेश खारेज हुनुपर्ने,संविधानसभा ६ सय १ सदस्यीय कायम गरिनुपर्ने र विदेशमा रहेका मतदातालाई पनि मताधिकार दिइनुपर्ने माग राखेको राईले बताए ।

पहिलो चरणको वार्ता सकाएका उच्चस्तरीय समितिमा रहेका मुख्य चार दलले असन्तुष्ट पक्षका मागबारे आ–आफ्ना पार्टीमा आन्तरिक छलफल गरेर समान धारणा तय गर्ने बताएका छन् । यसैबीच समिति र असन्तुष्ट दलबीच शुक्रबार हुने भनिएको निर्णायक वार्ता एक दिन पर सरेको छ । एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कॉग्रेस सभापति सुशील कोइराला भारत भ्रमणमा रहेका कारण वार्ता शनिबारका लागि सारिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us