शिविरमा अनियमितताका दोषी अख्तियारको अनुसन्धानमा

काठमाण्डु टुडे २०७० साउन २४ गते २:४० मा प्रकाशित

काठमाण्डु २४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पूर्व माओवादी लडाकु शिविरमा भएको अनियमिततामा दोषी देखिनेलाई कार्वाही गरिने बताएका छन ।
कार्कीले बिबिसी नेपाली सेवालाई बुधवार दिएको अन्तरवार्तामा अनुसन्धानमा जतिसुकै उच्चस्तरको व्यक्ति तानिए पनि कार्वाही हुने बताएका हुन । शिविर अनियमितताको वारेमा आफू प्रमुख आयुक्त हुनु अघि देखि नै छानवीन हुदै आएको स्मरण गराउदै कार्कीले छानवीन अन्तिम चरणमा पुगेको बताए । उनले भने ‘दोषी माथि कार्वाही गर्न कुनै कसर बाकी राखिने छैन ।’ छानवीन एकीकृत माओवादीका नेता पोष्टबहादुर बोगटी नेतृत्वको टोलीले पनि शिविरमा भएको अनियमितता छानवीनको प्रतिवेदन पार्टी मुख्यालयमा बुझाएको छ ।
Lok_Man-Singh-Karkiएकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र नेता डा बाबुराम भट्टराईसँग नयाँबजारमा आफूसँग सबै भन्दा पहिला तीन घण्टा छलफल गरेपछि दुवै नेता आफूबाट प्रभावित भएको कार्कीले बताए । पञ्चायतकालमा राजा बिरेन्द्रलाई,बहुदल कालमा गिरिजाप्रसाद कोइराला र गणतन्त्रमा प्रचण्डसँग नजिक हुनुलाई आफनो योग्यताको रुपमा उनले व्याख्या गरे । ‘प्रचण्डसँग व्यक्तिगत रुपमा काम गर्न पाइन’उनले ‘जो जो व्यक्तिले मलाई उपयोग गरे उनीहरुलाई मैले लेट डाउन गरेको छैन ।’
कार्कीले भ्याट छली गर्ने एक हजार ६ सय ५० जना माथि कार्वाहीको प्रक्रिया अघि बढाइ सकिएको पनि जानकारी गराए । उनले भने ‘१६५० नै अन्तिम होइन,अझ सशक्त र प्रभावकारी ढंगले अघि बढाइन्छ ।’ आन्तरिक राजस्व बिभागको समन्वयमा एक हजार ६ सय देखि दुई हजार भ्याट छलीको अनुसन्धान गरिएको पनि उनले जानकारी गराए ।
हरेक क्षेत्रका दुई सय ५० जना बिबिध व्यक्तिको सम्पतिको स्रोतको छानवीन गरिरहेको पनि उनले बताए । उनले भने ‘त्यसमा राजनीतिक व्यक्तिहरु पनि पर्छन । राजनीतिक भ्रष्टारलाई पनि छोडिने छैन ।’ सम्पति छानवीन गर्न राष्ट्र बैंक मार्फत लकर रोक्न लगाउदै क्रममा छानवीनमा परेको व्यक्तिको नाम चुहावट भएको पनि उनले बताए । उनले भने ‘एक सय ५० जनाको गोप्य रुपमा अनुसन्धान भइरहेको छ । आगामी दिनमा यसको छानवीनको प्रक्रिया चलिरहनेछ ।’ ०४१ सालमा राजा बिरेन्द्रबाट हुकुम प्रमांगीबाट उपसचिव पदमा नियुक्त भएका कार्की मुख्य सचिव भएर अवकाश लिएका थिए । ओशो सन्यासी कार्की आध्यात्मिक चिन्तनका व्यक्ति हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us