भारतमा खाद्य सुरक्षा विधेयक पारित

काठमाण्डु टुडे २०७० भदौ ११ गते ५:२२ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– भारत सरकारले ऐतिहासिक खाद्य सुरक्षा विधेयक पारित गरेको छ । गएराति अबेरसम्म चलेको बहसपछि लोकसभाबाट ऐतिहासिक खाद्य सुरक्षा विधेयक पारित भएको हो ।

खाद्य सुरक्षा विधेयकको प्रावधानअनुसार ८२ करोड जनतालाई खाद्यान्न उपलब्ध गराउने महात्वाकांक्षी योजना राखिएको छ ।

लोकसभाबाट यो विधेयक पारित हुँदा सत्तारुढ काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी भने अनुपस्थित थिइन् । स्वास्थ्यमा समस्या भएपछि उनी बैठकको बीचमै बाहिरिएकि थिइन् । आफ्नो आमालाई अस्पताल पुर्याउनु पर्ने भएकाले काँग्रेस आईका अर्का प्रभावशाली नेता तथा सोनियाका छोरा राहुल गान्धी पनि लोकसभा बैठकमा सहभागी हुन नसकेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us