अदालतले संविधान र गणतन्त्रको रक्षा ग-योः उपेन्द्र

काठमाण्डु टुडे २०७७ फागुन ११ गते १९:२७ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

यादवले अदालतको फैसलाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रसहित पछिल्ला राजनीतिक परिवर्तनको रक्षा गरेको टिप्पणी गरे ।

‘अदालतले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रसहित परिवर्तनका एजेण्डाहरु खोसिने र मुलुक अन्धकार सुरुङमा प्रवेश गर्ने खतराबाट जोगाएको छ’, यादवले काठमाण्डुटुडेसँग भने, ‘अदालतले संविधानवादको हत्या हुन दिएन, निरंशुकताको हार भएको छ ।’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा पुर्नस्थापनाको निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us