वर्षमान र कुलमानले गरेका लोकप्रिय काम रोक्ने ऊर्जामन्त्रीको उदघोष

काठमाण्डु टुडे २०७७ पुष २१ गते १५:११ मा प्रकाशित

अर्घाखाँची, २१ पुस– कामचलाउ सरकारका ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले काठमाण्डु उपत्यकाको कूरुपपन हटाउन जारी विद्युतीय तार भूमिगत गर्ने काम रोक्ने संकेत गरेका छन् ।

हाल मन्त्रालयको योजनामा काठमाण्डु उपत्यकाभित्र विद्युतीय तार भूमिगत गर्ने काम जारी छ । रायमाझीले विद्युतीय तार भूमिगत गर्ने काम खतरनाक भएको उल्लेख गरे । ‘कुलमानजीहरुले बिजुलीको चार अण्डर ग्राउण्ड गर्ने काम थालेर जानुभयो’, गृहजिल्ला सन्धिखर्कमा मंगलबार रायमाझीले भने ‘यो बहुमत गलत काम भएको छ ।’

रायमाझीले अण्डर ग्राउण्डमा करेण्ट सर्ट भए मर्मत गर्नै नसकिने जिकिर गरे । ‘सर्ट भयो र स्काभेटरले खन्नुप¥यो भने करेन्ट लागेर काम गर्ने मान्छे मर्छ’, उनले भने, ‘यस्तो काम किन गरेका होलान् ?’ महाराजगञ्जमा केही दिनअघि बिजुली सर्ट भएका कारण माथिबाट विद्युत सप्लाई गर्नुपनेको तर्क रायमाझीले गरे । रायमाझीले तार भूमिगत गर्ने योजना रोक्नेबारे छलफल भइरहेको समेत बताए ।

‘यसबारेमा के गर्ने भनेर हामी सोचिरहेका छौं’, उनले भने । तत्कालिन ऊर्जामन्त्री वर्षमान पुनले मन्त्री भएलगत्तै सार्वजनिक गरेको स्वेतपत्रमा काठमाण्डु उपत्यका र क्रमशः बाँकी सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने र स्मार्ट मिटर जडान गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए ।

सोही श्वेतपत्रअनुसार सरकारको नीति तथा कार्यक्रम र बजेटमा सो कार्यक्रम समेटिएको छ । प्रधानमन्त्री केपी ओलीले गत वर्ष ५ फागुनमा उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कार्यको शुभारम्भ गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us