ओलीद्वारा मोदीलाई जन्मदिनको शुभकामना

काठमाण्डु टुडे २०७७ असोज १ गते ८:०२ मा प्रकाशित

काठमाण्डु, १ असोज– प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

ओलीले बिहीबार ट्विट गर्दै मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् । ओलीले मोदीको ७० औं जन्मदिनको अवसरमा स्वास्थ्य र खुसीको कामना गरेका छन् ।

ओलीले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन जरुरी रहेको भन्दै त्यसका लागि मोदीसँग मिलेर काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us