कोरोना संक्रमितको संख्या बढ्दो एकै दिन यति धेरैमा संक्रमण

काठमाण्डु टुडे २०७७ भदौ ३१ गते १७:२५ मा प्रकाशित

काठमाण्डु , ३१ भदौ — आज देशभर १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालभर कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज ८ जनाले यो संक्रमणबाट ज्यान गुमाएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ७९ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us