काठमाण्डु उपत्यकामा फेरि लकडाउन गर्नेबारे छलफल !

काठमाण्डु टुडे २०७७ साउन १६ गते ८:११ मा प्रकाशित

sf7df8f}F, @@ kmfu’g M laxLaf/ l;+xb/af/l:yt /IffdGqnfodf sf]/f]gfsf] /f]syfdsf] k””j{ tof/L ug{ ag]sf] sf]/f]gf pRr:t/Lo ;ldltsf] a}7sdf ;xefuL pkk|wfg tyf /IffdGqL O{Zj/ kf]v/]n, u[xdGqL /fdaxfb’/ yfkf, k//fi6«dGqL k|bLks”df/ 1jfnLnufot ;’/Iff lgsfosf k|d”vx? . pkk|wfg tyf /IffdGqL O{Zj/ kf]v/]nsf] ;+of]hsTjdf pRr:t/Lo ;dGjo ;ldlt u7g ePsf] lyof] . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाण्डु, १६ साउन– कोरोना भाइरस (कोभिड–१९) महामारीको ‘इपिसेन्टर’ बन्ने खतरा बढेपछि काठमाण्डु उपत्यकामा फेरि लकडाउन गर्ने कि भन्नेबारे छलफल सुरु भएको छ ।

पछिल्लो समय उपत्यकामा दैनिक ५० जना हाराहारीमा संक्रमित देखिन थालेका छन् । सरकारले गत ११ चैतदेखि घोषणा गरेको लकडाउन ६ साउनको राति १२ बजेबाट अन्त्य भएको थियो । हाल बजार, छोटो दूरीका सार्वजनिक यातायात, उद्योग, कलकारखाना र सरकारी कार्यालय खुलेका छन् । लकडाउन खुलेसँगै मानिसहरुमा सचेतनाको पक्ष कमजोर देखिँदा संक्रमणको जोखिम उच्च भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र मन्त्रीहरु महामारीको अवस्था केही समय हेरेर आवश्यक परे पुनः लकडाउन गर्नुपर्ने मनस्थितिमा पुगेका छन् । उच्च सरकारी अधिकारीहरुले पनि लकडाउन फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले तयारी गर्दै गर्नुपर्ने सुझाव प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा दिन थालेका छन् । ‘काठमाण्डुसहित बाहिरका केही सहरमा जसरी महामारीको जोखिम समुदायस्तरमा फैलने खतरा बढेको छ, यो अवस्थालाई हेर्दा फेरि लकडाउन गर्नुपर्ने हो कि जस्तो देखिएको छ’, सीसीएमसीमा रहेका एक मन्त्रीले भने, ‘लकडाउन फेरि गर्नुपर्ने सुझावहरु पनि आउन थालेका छन् ।

यद्यपि लकडाउन भए पनि पहिलेजस्तो लामो समय र सबै ठाउँमा नहुने उनले बताए । ‘जहाँजहाँ बढी समस्या देखिन्छ, त्यहाँ लकडाउन गर्नुपर्ने हुन्छ’, ती मन्त्रीले भने, ‘सबैतिर लकडाउन सम्भव र आवश्यक पनि छैन ।’ चिकित्सकहरुले उपत्यकामा हालकै दरमा महामारी फैलँदै गए भयावह अवस्था आउन सक्ने चेतावनी दिँदै आएका छन् ।

गृह मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै रातिको समयमा हुने काठमाण्डु प्रवेशमा रोक लगाइएको जनाएको छ । हाल उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा पीसीआर परीक्षण थालिएको छ । बिहीबार उपत्यका प्रवेश गरेकामध्ये २४ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us