अर्जुन कार्की पत्निमाथि हत्याअघि यस्तो ज्यादती

काठमाण्डु टुडे २०७६ माघ २९ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, २९ माघ– कामदारमा महिला अंगप्रतिको आशक्ति– प्रहरीस्रोतका अनुसार यो हो सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या हुनुको कारण ।

सोमबार बिहान पूर्वसचिव कार्की पशुपतिनाथ जान्छु भनी घरबाट निस्किएका थिए । फर्किंदा पत्नी रगताम्य भएर भान्सामा ढलेकी थिइन्, कामदार विजय चौधरी अर्कातिर लमतन्न थिए । सिसिटिभी फुटेजअनुसार विजयले मुनालाई प्लाष्टिकको पिर्काले टाउकोमा आक्रमण गर्नुअघि फ्लोरमा पर्खिएर बसेका थिए । विजयले मुनालाई केही भन्न खोजेको र मुनाले केही अस्वीकार गरेजस्तो हाउभाउ फुटेजबाट बुझिन्छ । त्यसपछिको केही समय उनीहरू दृश्यबाट बाहिरिन्छन् ।

बाहिरिएको दृश्य पनि सिसिटिभीमा देखिन्छ । निस्कनुअघि नै विजयले मुनालाई प्लाष्टिकको पिर्काले आक्रमण गर्दा उनी ढलेकी थिइन् । तर, प्लाष्टिकको आक्रमणले मान्छे ठहरै मर्न भने सक्दैन । फुटेजमा उनीहरू नदेखिएको समयमा विजयले मुनामाथि कुनै किसिमको शारीरिक दुव्र्यवहार गरेको हुनुपर्ने प्रहरीको अनुमान छ । नाइलनको डोरीले आफ्नो घाँटीमा पासो लगाए पनि विजयको मृत्यु डोरी चुँडिएर भुइँमा बजारिँदा टाउकोमा चोट लागेपछि भएको छ । मुनाको भने श्वासप्रश्वास अवरुद्ध पार्दै हत्या गरिएको छ । विजयको अण्डरवेयरभित्र वीर्य स्खलित छ भने रगतको डाम पनि छ ।

मृतक मुना महिनावारी भएको देखिन्छ । मुनाको टाउको र गालामा गहिरो चोट छ भने आँखामा नीलडाम छ । विजयको भने हातमा चोट र अण्डरवेयरमा फोहोर भेटिएको अनुसन्धानरत प्रहरीले जनाएका छन् । मुनाको शव अध्ययन गर्दा उनको देब्रे स्तनमा दाँतको डाम रहेको अनुसन्धानकर्मी प्रहरीले जनआस्थालाई बताए । प्रहरीको अनुमानअनुसार महिनावारीका कारण मुनाको शरीर शिथिल थियो । त्यस्तो अवस्थामा विजयले उनको अंगमाथि अनुचित व्यवहार गर्न खोज्दा केही न केही असमझदारी भएको हुनुपर्छ । त्यही असमझदारीको आवेशमा विजयले उनको हत्या गरे ।

अनुसन्धानका क्रममा प्रहरीले छर–छिमेक र आफन्तहरूसँग सोधपुछ गर्दा मुना र पति अर्जुनबीच असमझदारी बढेको पाएको थियो । तर, सोमबारको घटनामा अर्जुनको उपस्थिति थिएन । उनी सधैं बिहानै उठेर घरबाट निस्कने, खाना खान जाने र दिउँसो फेरि निस्कने गर्थे ।
जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us