
रुपन्देही, ६ मंसिर– लुम्बिनी नजिकै रुपन्देहीको विष्णुपुरा–५ मा प्रहरी र हतियारधारी समूहबीच दोहोरो गोली हानाहान भएको छ ।
घटनामा प्रहरीले चलाएको गोली लागी एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक सर्फ राज रहेको प्रहरीले जनाएको छ । उनी भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचीमा थिए ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीमाथि उक्कासि आक्रमण भएपछि प्रतिकारमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार मृतक भारतीय नागरिक भएको पुष्टि भए पनि अन्य पहिचान खुलेको छैन ।
जिल्ला प्रहरीका उपरीक्षक राजेन्द्र ढकालले सोही स्थानबाट कपिलवस्तु नन्दनगरका हफीउल्लाह मुसलमान र कपिलवस्तु चाकरचौराहाका अकिल मुसलमानलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
ढकालका अनुसार घटनास्थलबाट तीन थान पेस्तोल र दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सार्कका पाहुनाले लुम्बिनी भ्रमण गर्ने भएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएका बेला घटना भएको हो ।
ल र दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सार्कका पाहुनाले लुम्बिनी भ्रमण गर्ने भएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएका बेला घटना भएको हो ।