कसरी भेटियो सन्त रामपालको अाश्रमबाट गर्भ जाँच्ने साधन ?

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते ६:३३ मा प्रकाशित

rampalएजेन्सी– विवादास्पद भारतीय धर्मगुरु बाबा रामपालको हरियाणास्थित सतलोक आश्रमबाट महिलाको गर्भ जाँच गर्ने सामग्री र हतियार बरामद भएको छ ।

रामपालको शयन कक्षबाट विभिन्न हतियार र गर्भ जाँच्ने उपकरण फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामपालको कोठाबाट तीन पेस्तोल, चारवटा राइफल तथा झण्डै डेढ सय गोली बरामद भएको छ ।

हत्या आरोपमा अदालतले दोषी ठहर गरेका रामपाललाई प्रहरीले दुई दिनअघि आश्रमबाटै पक्राउ गरेको थियो ।

त्यस क्रममा उनका तालिम प्राप्त अनुयायी र प्रहरीबीच झडपसेमत भएको थियो । प्रहरीले आश्रममा अझै त्यस्ता अवैधानिक सामग्री राखिएको आशंकामा खोजीकार्य जारी राखेको छ ।

रामपालको आश्रममा रहेका ठूल्ठूला दराज प्रहरीले अझै खोल्न सकेको छैन । बलियो ताल्चा लगाइएका ती दराजहरुमा के छन् भन्ने खुलेको छैन ।
सन् २००६ मा भएको एक व्यक्तिको हत्यामा रामपालको संलग्नता रहेको ठानिएको छ । सन् १९५१ मा जन्मेका रामपाल पहिला हरियाणा सरकारको सिञ्चाइ मन्त्रालयमा जुनियर इन्जिनियर थिए ।

जागिरकै क्रममा आफूलाई सन्त रामपाल भन्न थालेपछि सन् २००० मा उनी जागिरबाट बर्खास्तीमा परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us