इलाम, ६ मंसिर– नेकपा एमाले इलामको नवौा जिल्ला अधिवेशनबाट अध्यक्षमा राम राना विजयी भएका छन् ।
नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रतिद्वन्द्वी गणेश बराललाई ६५ मतले पछि पार्दै राना अध्यक्षमा विजयी भएका हुन् । राना नेता माधवकुमार नेपाल र बराल ओली पक्षधर हुन् ।
यस्तै उपाध्यक्षमा नेपाल पक्षकै भक्त केसी र सचिवमा ओली पक्षमा महेश बस्नेतले जितेका छन् । उपसचिवमा उमेश गुरुङ विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
खुला सदस्यमा ओमनारायण खनाल, उदय राई, कृष्ण श्रेष्ठ, खिनु लङवालिम्बू, गणेशप्रसाद बराल, जसबहादुर लुङ्गेली, छवि श्रेष्ठ, टेकबहादुर राई, जयप्रकाश राई, जितबहादुर राई, देवेन्द्र विश्वकर्मा, दीपेन्द्र खनाल, धीरेन्द्र चेम्जोङ, नरेन्द्रनाथ भट्टराई र बुद्धिप्रसाद खनाल विजयी भए ।
जिल्ला कार्यसमितिमा महिला, दलित, जनजातिसहित ६३ सदस्य छन् । सदस्यमा दुई तिहाई ओली पक्षका आएका छन् ।
एमाले अधिवेशन मङ्सिर २ गतेदेखि सुरु भएको थियो । अधिवेशनमा ६५१ प्रतिनिधि थिए । अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।