गोपनियता भंग गरेर परीक्षाफल प्रकाशित गरिएकामा विद्यार्थी आक्रोशित

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर पहिलो सेमेस्टरअन्तर्गत विभिन्न विषयको नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।

विश्वविद्यालयले विद्यार्थीको गोपनियता भंग हुने गरी नाम समेत उल्लेख गरी नतिजा प्रकाशन गरेको छ ।

विश्वविद्यालयले स्नातकोत्तर पहिलो सेमेस्टरअन्तर्गत विभिन्न विषयको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नाम, रजिष्ट्रेशन नम्बर, सिम्बोल नम्बर र प्राप्ताङ्क मसेत उल्लेख गरी नतिजा सार्वजनिक गरेको हो ।

त्यस सम्बन्धमा गोपनियता भंग भएको भन्दै विद्यार्थीले आपत्ति जनाएका छन् । यसअघि उत्तीर्ण हुनेको नम्बर मात्र प्रकाशन गर्ने चलन थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us