
उदयपुर, ५ मंसिर – उदयपुर कारागारभित्र बिहीबार भएको झडपमा ५ जना कैदी घाइते भएका छन् ।
कैदीहरुबीच झडप हुँदा मध्यान्न १२ बजे कारागार नाइके मनोज राई सहितलाई सजिव राईको समूहले आक्रमण गर्दा कैदीका नाईके मनोज, कैदी सजिव राई, भागवत मल्लाहा, तुलसी राई र युवराज विक घाइते भएक छन् ।
प्रहरी उपरीक्षक टेकबहादुर गुरुङका अनुसार नाइकेको समूहले सरुवा हुने कैदीबन्दीको रेर्कड स्थानीय सुरक्षा प्रमुखहरुलाई नदिएको, कैदीको शोषण गरको र सरुवा भएर जाने कैदीबाट रकम असुलेको भन्दै कैदी सजिवको समूहले आक्रमण गरेको हो ।
घाइते कैदीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये भागवत मल्लाहाको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ । उनको टाउकोमा गहिरो चोट लागेको छ । अन्यको अवस्था सामन्य रहेको उपचारमा संलग्न चिकित्सकले बताए ।