महिलाले बनाए घाट जाने बाटो

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते २:०४ मा प्रकाशित

नुवाकोट, ५ मंसिर– जिल्लाको खड्गभञ्याङ गाविस –५ फिर्केपमा महिला समूहको सक्रियतामा त्रिशूली लोखा किनारमा पक्की बाटो निर्माण भएको छ ।

गाउँका महिला खोलामा पानी भर्न जानका लागि तथा लास जलाउन जानसमेत अप्ठ्यारो भएपछि त्रिवेणी महिला समूहको सक्रियतामा पक्की बाटो निर्माण गरिएको हो ।
गविसबाट २० हजार, भू–संरक्षण कार्यालयबाट जाली प्राप्त भएको र स्थानीयबासिन्दाको आर्थिक सहयोग तथा श्रमदानबाट बाटो निर्माण भएको समूहका सदस्य लक्ष्मी मुनाकर्मीले जानकारी दिइन् ।

बाटो मर्मत भएपछि फिर्केपका २० घरधुरीलाई त्रिशूली खोलाबाट पानी ओर्सान सजिलो भएको स्थानीयवासीले बताएका छन् । शव जलाउनका लागि खोलामा ओर्लंदा हुने गरेको खतरा बाटो मर्मतपछि टरेको बताइएको छ ।

साथै त्रिवेणी महिला समूहले घाटमा बिजुली बत्ति बाल्नका लागि पनि अहिले काम गरिरहेको मुनाकर्मील बताइन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us