जाजरकोट, ४ मंसिर– जाजरकोटको भुर गाविसमा यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परेका मध्ये ५ जनाकाे शव फेला परेकाे छ ।

खलंगाबाट सुर्खेतको राकमका लागि छुटेको ना३ ख १४०८ नम्बरको बस छिन्चु– जाजरकोट सडक खण्डअन्तर्गत भुर गाविसको भुरचौरबाट बिहान ७ बजेतिर भेरी नदीमा खसेको हो ।
जाजरकोट सदरमुकामबाट ३७ जना यात्रु लिएर गएको बसमा बीचमा धेरै यात्रु थपिएको हुन सक्ने अनुमान गरिएको छ ।
घाइतेहरुमा जाजरकोट डाँडागाउँ–७ का लक्ष्मी बुढा, तिलक पुन, गोपाल रोकाय, दाग पञ्चकुलेका भीमबहादुर चन्द, बाँके टिटरियका पद्मराज पुरी, भुर–८ जाजरकोटका दीपक शाही, बाँकेकै विमला रोकाय, सुर्खेत जहरेका मोतीलाल डाँगी, जाजरकोट खलङ्गा–३ का उर्मिला ओली र जिल्ला प्रहरी कार्यालय जाजरकोटका कार्यालय सहयोगी देवबहादुर थापा रहेका छन् ।
बस सडकबाट ५० मिटर तल खसेको बताइएको छ । मध्यपश्चिम बस व्यवसायी समितिको बस दुर्घटनामा परेको हो । गाडी पानीमा डुबेका कारण कुनै पनि शव निकाल्न नसकिएको बताइन्छ ।
घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार जारी राखेका छन् ।
डिएसपी दिनेशराज मैनाली नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । उद्धार कार्य जारी छ ।