धार्मिक क्षेत्रमा धूमपान तथा मद्यपान गर्न नपाइने

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १:०५ मा प्रकाशित

कञ्चनपुर, ४ मंसिर– जिल्ला सदरमुकाम महेन्द्रनगर बजारदेखि झन्डै आठ किलोमिटर उत्तरी चुरेको फेदमा रहेको भम्केनी धार्मिकस्थलमा धूमपान तथा मद्यपान निषेध गरिएको छ । हेल्प नेपाल कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका–८ तिलाचौर भम्केनी धार्मिकस्थलमा धूमपान तथा मद्यपान निषेध गरिएको हो ।

हेल्प नेपालका अध्यक्ष तथा धूमपान निषेधका अभियन्ता मदन चन्दले धार्मिकस्थलमा धूमपान तथा मध्यपान गर्न नहुने भन्दै बुधबारदेखि सो क्षेत्रमा धूमपान निषेध घोषणा गरिएको बताए । ‘धार्मिकस्थल भनेको धर्मकर्म गर्ने शान्त क्षेत्र हो, उक्त क्षेत्रमा धूमपान, मध्यपान गर्दा धार्मिक क्षेत्रमा घटना घट्न सक्छ’ उनले भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us