कुर्सीबाट लडेर विदेशी ठहरै

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ११:४३ मा प्रकाशित

कास्की, ३ मंसिर–कास्कीमा एक विदेशी पर्यटकको कुर्सीबाट खसेर ज्यान गएको छ ।

मृत्यु हुनेमा नेपाल घुम्न आएका हल्याण्ड नागरिक ७६ वर्षीय रेफ्ड हाङ किस्मित छन् ।

पछिल्लो दुई सातायता लुम्ले–६ स्थित अस्ट्रेलियन क्याम्पमा बस्दै आएका उनी क्याम्पमै कुर्सीमा बसिहरेका बेला बुधबार बिहान एक्कासि लडेका दिए ।

उनको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल ल्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us