काठमाण्डु, ३ मंसिर– भारत भ्रमणमा रहेका एमाले नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्कंदै छन् ।
प्रथम भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको १ सय २५ औं जन्मयजन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कँग्रेस आई अध्यक्ष सोनियाँ गान्धीको निम्तोमा नेपाल आइतबार दिल्ली गएका थिए ।
नेपाल राति ८ बजे जेट एयरको जहाजबाट काठमाण्डु आइपुग्ने उनका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । भारत बसाइका क्रममा नेता नेपालले सेनियाँसहित गृहमन्त्री सुष्मा स्वराजसँग भेटेका थिए ।
भेटमा नेपालमा जारी संविधान लेखन प्रक्रिया र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको नेता नेपालको निजी सचिवालयले जनाएको छ ।
यसैबीच नेपालसँगै पत्नी आरजुका साथ दिल्ली गएका काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा भने अझै केही दिन उतै घुम्ने भएका छन् ।