भीम रावल पनि अखण्ड सुदूरपश्चिमको पक्षमा

काठमाण्डु टुडे २०७१ मंसिर २ गते १४:०३ मा प्रकाशित

bhim rawalअछाम, २ मंसिर– एमाले उपाध्यक्ष भीम रावलले संघीय संरचनामा सेती–महाकाली अखण्ड राज्य हुनुपर्ने बताएका छन् ।

अछामको बयलपाटास्थित महेन्द्र उच्च माविमा आफैंले स्थापना गरेको ‘धनशोभा रावल जेहन्दार विद्यार्थी’ पुरस्कार वितरण कार्यक्रममा उनले पिछडिएको क्षेत्रका जनताको जीवनस्तर उकास्न सेती, महाकाली एक राज्य हुनुपर्ने बताए ।

एमालले आफ्नो वाचाअनुसार जनतालाई संविधान दिने कसरतमा रहेको तर एमाओवादी र जातीय संघीयताको कुरा गर्ने दलका कारण मुलुक अहिलेको अवस्थामा पुगेको रावलको भनाइ थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us