विप्लवको भेलामा सहभागी हुनेहरु वैद्यको पार्टीबाट आउट

काठमाण्डु टुडे २०७१ मंसिर २ गते १२:२३ मा प्रकाशित

mohan baidhya-netra bikram chandकाठमाण्डु, २ मंसिर– नेकपा–माओवादी काठमाण्डुले सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को भेलामा सहभागी भएका कार्यकर्तामाथि कारबाही गरेको छ ।

जिल्ला सचिव सुरेश श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटीका तीन जनामाथि कारबाही गरिएको बताएका हुन् ।

विज्ञप्तिमा जिल्ला कार्यालयका सदस्यहरु राजु कार्की, घनाश्याम श्रेष्ठ र अखिल नेपाल ट्ेरड युनियन महासंघका जिल्ला अध्यक्ष भीम चापागाईंलाई अनिश्चितकालका लागि निलम्बन गरिएको उल्लेख छ ।

उनीहरु तीनै जना विप्लव समूहले कपिलवस्तुको शिवगढी जंगलमा गत कात्तिक २६ र २७ गते गरेको गोप्य भेलामा सहभागी भएका थिए । भेलाले अध्यक्ष मोहन वैद्यको नेतृत्वमा क्रान्तिको सम्भावना समाप्त भएको ठहरसहित सशस्त्र युद्धको तयारीमा जुट्ने निर्णय गरेको थियो ।

सांगठनिक तथा आर्थिक अराजकता अनुशासनहीन काम गरेकाले पार्टी सदस्यताबाट निलम्बन गरिएको श्रेष्ठले बताए ।

‘पार्टी हितविरोधी सांगठनिक तथा आर्थिक अराजकता, गुट र फुट परस्त गतिविधि रोक्न पटकपटक दिएको निर्देशनको अवज्ञा गर्ने र समयसीमा भित्र लिखित स्पष्टीकरणसहित उपस्थित हुन दिइएको लिखित निर्देशनको अवहेलना गरेकाले निजहरुलाई निलम्बनको कारबाही गर्न जिल्ला पार्टी बाध्य भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै १ मंसिरमा विप्लव पक्षले घोषणा गरेको अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराा मजदुर संघको जिल्ला सम्मेलनलाई कथित सम्मेलनको संज्ञा दिादै त्यसबाट निर्मित कार्यसमित खारेज गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनको सचिव चन्दले सोमबार काठमाण्डुको वसन्तपुरमा उदघाटन गरेका थिए ।
यसअघि केन्द्रीय समिति बैठकले भेलाको नेतृत्व गरेका चन्द र पोलिट्ब्युरो सदस्य खड्गबहादुर विकलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us