सिरहा, २ मंसिर–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको पड्रियामा गएराति पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको ।
मृत्यु हुनेमा मोटरसाइकल चालक लहान नगरपालिका–७ का २५ वर्षीय मुना प्रधान रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ च ११५४ नम्बरको भ्यानले विपरीत दिशाबाट आउँदै गरेको स २ प ९५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका प्रधानको उपचचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि बसेका ठाउँका २६ वर्षीय रामविलाश यादव गम्भीर घाइते छन् । उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।