काठमाण्डु, २ मंसिर– गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले सार्क शिखर सम्मेलनअघि नै रिक्त डीआईजी र एसएसपीमा बढुवाको तयारी गरेको छ ।
हाल ४ डीआईजी र २० एसएसपी पद रिक्त छ । यसअघिका एसएसपीको डीआईजीमा बढुवा भएपछि एसएसपी पद रिक्त भएको हो ।
तर बढुवा प्रक्रिया अघि बढेको थिएन । यसअघि एआईजी र डीआईजीमा बढुवा भए पनि तल्लो पदमा बढुवा प्रक्रिया रोकिएको थियो ।