म्याग्दी , १ मंसिर – जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार दिउँसो चरेससहित दुई युवालाई पक्राउ गरेको छ ।
जिल्लाको कुहुँ गाविस–४ का आशिष लाङ्गाडे, चिमखोलाका विशाल शाहीलाई बेनीबजारको क्याम्पसचोकबाट ५० ग्राम चरेससहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जर्नादन जिसीले जानकारी दिए ।
प्रहरीलाई देखेपछि शाहीले आफूसँग भएको चरेर फालेका थिए । सदरमुकाम आसपासका साथै बागलुङ, पर्वत र मुस्ताङबाट लागुपर्दाथको ओसारपासार भइरहेको आशङ्कामा प्रहरीले निगरानी बढाएको छ । रासस