विद्यालाई नै किन पार्टी जिम्मा लगाए केपीले ?

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, १ मंसिर – सामान्यतया देशबाहिर जाँदा प्रधानमन्त्री वा पार्टी प्रमुखले दोस्रो वरियतामा हुने व्यक्तिलाई कार्यवाहक जिम्मेवारी दिने गर्छन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजधानीबाहिर जाँदा पनि कार्यवाहक अध्यक्षको जिम्मा दाेस्राे वरियतामा नरहेकी विद्यादेवी भण्डारीलाई दिएर इलामतिर हान्निएका छन् ।
bidhya bhandari2
ओलीले उपाध्यक्ष भण्डारीलाई नै किन कार्यवाहक दिए भन्नेमा अन्य दलहरुले शंका गरेका छन् । एमालेको वरिष्ठ उपाध्यक्ष वामदेव गौतम छन् । यसअघि उनैलाई कार्यवाहक जिम्मेवारी दिइन्थ्यो । तर, प्रमुख दलहरुबीच सहमति गरिनुपर्ने बेलामा ओली तेस्रो वरियताको नेतृलाई जिम्मा दिएर इलामको जिल्ला अधिवेशन उद्घाटनमा गएका छन् ।

तीन दलहरुबीचको छलफलमा सोमबार एमालेको नेतृत्व गर्दै भण्डारी सहभागी भएकी छिन् । गौतमलाई कार्यवाहक दिंदा उनले ओलीको इच्छाविपरीत अन्य पार्टीसँग सहमति गर्न सक्ने आशंका गर्दै ओलीले आफ्नै विश्वासपात्रलाई कार्यवाहकको जिम्मा दिएको हुन सक्ने अनुमान गरिएको छ ।

एमालेको नवौं महाधिवेशनमा ओली गुटमै उभिएका वामदेव गौतमलाई ओलीले अहिले पनि कम विश्वास गर्छन् भन्ने पुष्टि यस प्रकरणले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us