काठमाण्डू, १७ असार– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन ।
आज (बुधबार) बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले सरकारका सबै मन्त्रीहरूलाई सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् ।
उनले भने, ‘राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु ।’
सांसदहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिसहित विभिन्न विषयमा सरकारको जवाफ खोजेका छन् । प्रतिनिधि सभामा पनि सांसदहरूले पनि आफूहरूले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गर्न माग गरेपनि सभामुखले अहिलेसम्म गरेका छैनन् ।