शपथग्रहणपछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक जारी

काठमाण्डु टुडे २०८३ असार १७ गते १४:१५ मा प्रकाशित

काठमाण्डू, १७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सकिएसँगै पहिलो केन्द्रीय समिति बैठक सुरू भएको छ ।

बैठक रास्वपाको मुख्यालय घण्टीघरमा जारी छ । रास्वपाको चितवनमा सम्पन्न पहिलो महाधिवेशनले ९९ जनाको केन्द्रीय समिति निर्वाचित गरेको थियो ।

केन्द्रीय समितिमा थप ५१ जना मनोनीत गर्न बाँकी छ । केन्द्रीय समिति बैठकमा मनोनयनका विषयमा छलफल हुने रास्वपा स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us