मूल्य घट्नासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पम्प बन्द

काठमाण्डु टुडे २०८३ असार १७ गते १३:५१ मा प्रकाशित

काठमाण्डू, १७ असार– पेट्रोलियम पदार्थको मूल्य घटाइएलगत्तै काठमाण्डू उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । पेट्रोल नभएको भन्दै धेरै पम्पले बिक्री वितरण बन्द गरेका छन् ।

सटरमा पेट्रोल छैन भन्दै बोर्ड टाँसेर पम्प बन्द गरेका छन् । सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा भने सवारीसाधनको लामो लाइन लागेको छ। ।

उपत्यकामा नेपाल प्रहरीको पेट्रोल पम्पमा लामो लाइन लागेको छ भने बानेश्वर आसपासको पेट्रोल पम्प बन्द गरिएको छ । त्यस्तै उपत्यका बाहिरका जिल्लामा पनि पेट्रोल पम्प बन्द गरिएको छ ।

हिजो मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us