इराकमाथि सहज जित निकाल्दै फ्रान्स विश्वकपको नकआउट चरणमा

काठमाण्डु टुडे २०८३ असार ९ गते ७:०७ मा प्रकाशित

काठमाडौं- फ्रान्सले इराकलाई ३–० गोलले पराजित गर्दै एक खेल बाँकी छँदै विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
फिलाडेल्फियामा गएराति सम्पन्न खेलमा फ्रान्सको जितका नायक केलियन एमबाप्पे बने ।

उनले १४औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए । फ्रान्सका लागि तेस्रो गोल उसमान डेम्बेलेले ६६औँ मिनेटमा गरे ।
लगातार दोस्रो जितसँगै फ्रान्सले समूह चरणमा ६ अंक जोडेको छ र नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ ।

यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले हराएको थियो ।
फ्रान्सले अब समूह चरणको अन्तिम खेल नर्वेविरुद्ध खेल्नेछ ।

नर्वेले मंगलबार बिहान आफ्नो दोस्रो खेल इराकसँग खेलिरहेको छ ।

पहिलो खेलमा नर्वेले इराकलाई ४–१ गोलले पराजित गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us