दुर्गा प्रसाईंको तर्फबाट डा.सुरेन्द्र भण्डारीसहित ४ जना कानुन व्यवसायीले गरे बहस

काठमाण्डु टुडे २०८२ जेठ २५ गते १७:५९ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंको तर्फबाट आइतबार चार जना ४ जना कानुन व्यवसायीले बहस गरेका छन ।

वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा.भीमार्जुन आचार्य र अधिवक्ता मनिष पाण्डेले बहस गरेका छन । काठमाण्डू जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा कानुन व्यवसायीहरुले थुनछेक बहस गरेका हुन् ।

राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् । थुनछेक बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले यसअघि नै धरौटीमा छाड्न आदेश गरेको थियो । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो ।

सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो । दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन माग दावी लिइएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले चैत १५ मा प्रदर्शन आयोजना थिए । प्रदर्शनमा २ जनाले ज्यान गुमाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us