धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ २५ गते १६:४० मा प्रकाशित

काठमाण्डू, २५ जेठ– धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक धनगढी–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०१०१२प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हँदा चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिएका छन ।

स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटनामा परेको उनले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेको सिंहले जानकारी दिएका छन ।

स्कुटर पछाडि सवार धनगढी–१२ बस्ने ३२ वर्षीया सीता कुस्मी घाइते भएकी पनि उनले जानकारी दिए । उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us