काठमाण्डूमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ २५ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– काठमाण्डूमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री ५६ वर्षीय राजकुमार पौडेल रहेका छन ।

उनलाई काठमाण्डू महानगरपालिका–६ रामहिटीस्थित सडकमा बा. प्र. ०१–००६ ख ५५०८ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us