
काठमाण्डू, २५ जेठ– आज (आइतबार) बस्ने भनेको प्रतिनिधि सभाको बैठक सवा ३ बजे बस्ने गरी सर्यो प्रतिनिधि सभाको बैठक सरेको छ । आजको बैठक दिउँसो १ बजे बस्ने भनिएको थियो ।
विपक्षी दलहरूको बैठक जारी रहेकाले बैठक सभामुखको सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणलाई लिएर पछिल्लो समय प्रतिनिधि सभाको बैठक चल्न सकिरहेको छैन ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।