सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ २५ गते १३:२७ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको महाभारत गाउँपालिका–४ का २४ वर्षीय साजन वाइबा रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहान ९ः३० बजे उनी सुनकोशी नदीमा पौडी खेल्न पसेका थिए । सो क्रममा सुनकोशी नदीले बगाएर उनको मृत्यु भएको प्रहरी चौकी पचुवारघाटका प्रहरी सहायक निरीक्षक युवराज केसीले जानकारी दिएका छन ।

उनी तेमाल गाउँपालिका–३ चुखाबेशी स्थित बृहत् खानेपानी आयोजनाको ट्यांकी बनाउने काममा खटिँदै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us