सप्तकोशीमा बेपत्ता गोताखोर साउदको शव भेटियो

काठमाण्डु टुडे २०८२ जेठ २५ गते १२:२६ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव भएिको छ । उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।

कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले शव भेटिएको हो । पूर्वअभ्यासका क्रममा २२ जेठमा साउद र अर्का गोताखोर हरदेव सिंह राजवंशी सप्तकोशीमा बेपत्ता भएका थिए ।

सिंहको शव भोलिपल्ट २३ जेठमा भेटिएको थियो । साउद भने बेपत्ता भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us