तिनपिप्लेमा ‘ब्रेक फेल’ भई माइक्रो बस दुर्घटना, आठ जना घाइते

काठमाण्डु टुडे २०८२ जेठ २३ गते १८:३० मा प्रकाशित

काठमाण्डू, २३ जेठ– काठमाण्डूको तारकेश्‍वर नगरपालिका वडा नम्बर ३ तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक शुक्रबार दिउँसो सवारी दुर्घटना हुदाँ ८ जना घाइते भएका छन । काभ्रे बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रो बस ब्रेक फेल भई दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

माइक्रो बस सडकबाट १० मिटर तल खसेको पनि प्रहरीले जनाएको छ । घाइते हुनेमा काभ्रे बनेपा नगरपालिका–१० घर भई बस्ने बर्ष ३८ कि सुनिता खड्का, यस्तै सोही ठाउँ घर भएकी बर्ष ३८ कि सारदा रावत ,सोहि ठाउँ घर भएकी बर्ष ३७ कि अनिता थापा, सोही ठाउँ घर भएकी बर्ष ६० कि कान्छी खड्का,बर्ष ४५ कि राम शोभा थापा, बर्ष ४५ कि शान्ता खत्री, बर्ष ७० कि पार्वती काफ्ले, बर्ष ३७ कि लक्ष्मी खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका आठ जनाको मेगा ग्रिनसिटी अस्पतालमा लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुका प्रहरी बरिष्ठ नायव बिजय कुमार शाहीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us