माधव नेपालबारे गगन थापाः अदालतलाई विश्वास गरौं

काठमाण्डु टुडे २०८२ जेठ २३ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, २३ जेठ– कांग्रेस महामन्त्री गगन थापाले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै अदाललताई विश्वास गर्न आग्रह गरेका छन् ।

माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको विषयमा उनले यस्तो बताएका हुन् । आज (शुक्रबार) विराटनगर विमानस्थलमा सरकारले प्रतिसोध साँध्न थालेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा उनले महामन्त्री थापाले यस्तो बताएका हुन । उनले अदालतमाथि विश्वास गर्नुपर्ने तर्क गरेका छन ।

उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर अदालतमा अभियोजन गरेको छ, त्यसैले अब अदालतमाथि विश्वास गरौं, अदालतले कुनैपनि निर्दोषमाथि अन्याय हुन दिँदैन, कोही दोषी छ भने अदालतले त्यहीँ अनुसार आफ्नो फैसला सुनाउँछ भन्ने विश्वास गरौं ।’ उनले अदालतमा गइसकेका विषयमा थप टिप्पणी गर्न उपयुक्त नुहने बताउँदै उनले उक्त विषय अदालतले नै निरुपण गर्ने बताएका छन ।

उनले गृहमन्त्री रमेश लेखकको विषयमा राजीनामा माग गर्ने कुरा नरहेको पनि बताएका छन । भिजिट भिसा प्रकरणको अनुसन्धान अख्तियारबाट सुरु भएको बताउँदै उनले अनुसन्धानको प्रकृया अघि बढाएको अख्तियारलाई अनुसन्धान गर्न दिनुपर्ने पनि बताएका छन । उनले भने, ‘अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दिऔं, अनुसन्धान टुंगिएपछि यो प्रकरणको सन्धर्वमा थुप्रै काम गर्नुपर्ने छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई कतैबाट प्रभावित पार्न नहुने उनले बताए । ‘यो अनुसन्धान टुंगिन दिनु, अनुसन्धान टुंगिएपछि दूधको दूध पानीको पानी होला,’ उनले भने,‘ त्यसपछि संसदबाट जे गर्नुपर्ने हो त्यो गरौंला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us