सिमरा विमानस्थलमा माधव नेपालले भनेः म स्तब्ध भएँ

काठमाण्डु टुडे २०८२ जेठ २२ गते १७:४१ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनुचित काम गरेर आफूले एक पैसा पनि भ्रष्टाचारजन्य काम नगरेको दाबी गरेका छन ।

आज (शुक्रबार) काठमाण्डू फर्कने क्रममा बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका छन । अध्यक्ष नेपालले भने, ‘म स्तब्ध भएँ । कल्पना पनि गरेको थिइनँ । मबाट कुनै पनि अनुचित, भ्रष्टाचारजन्य, कसैबाट पनि एक पैसा लिएको भ्रष्टाचारजन्य काम गरेको कुनै पनि प्रमाण छैन ।’

प्रधानमन्त्री रहेका बेला आफूले कुनै पनि मन्त्रीलाई कानुनविपरीत काम गर्न निर्देशन नदिएको पनि उनले बताए । उनले भने, ‘मैले कुनै पनि मन्त्रीलाई कानुनविपरीत काम गर्न निर्देशन दिएको छैन ।

मलाई यसमा जसरी जोड्न खोजिएको छ, त्यसमा पूर्वाग्रहबाहेक केही पनि होइन ।’ पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि नेपाल रौतहटबाट सिमरा हुँदै काठमाण्डू फर्कंदै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us