बस दुर्घटनामा सासुको मृत्यु, बुहारी र नातिनी घाइते

काठमाण्डु टुडे २०८२ जेठ २१ गते २२:०३ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– काभ्रेमा बुधबार साँझ बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पनौतीबाट यात्रु लिएर गएको बा३ख ४४३५ नम्बरको बस बेथानचोक गाउँपालिका–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको मृत्यु भएको बेथानचोक–६ का वडाध्यक्ष विष्णु तामाङले जानकारी दिए ।

मृतककी बुहारी र नातिनी गम्भीर घाइते भएकी छन् । बसमा चालक र सह–चालकसहित जम्मा ५ जना मात्र सवार थिए ।

घटनामा बस चालक पनि घाइते भएका काभ्रे प्रहरीका डिएसपी मिनबहादुर घलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us