
काठमाण्डू, २१ जेठ– आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर सारिएको छ । सभामुखको सचिवालयले सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि सरेको जानकारी गराएको छ ।
आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् ।
सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन । सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुटेका थिए ।