ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ २१ गते १५:११ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– ललितपुरमा बाटो मर्मत गर्ने क्रममा बिजुलीको पोल ढलेर पोलले लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकै ५५ वर्षीय रमेश खड्गी रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन ।

उनका अनुसार, डोजरले बाटो खन्ने क्रममा पोलले लागेर उनको मृत्यु भएको हो । प्र. ३–०१ ००३ क ६७४२ नम्बरको जेसिपिले विद्युत्‌को पोल अडाउने र सार्ने काम गर्ने क्रममा ढलेको थियो । खड्गी बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका थिए ।

सो क्रममा विद्युत्‌को पोल ढलेर लाग्दा गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको मृत्यु भएपछि स्थानीयहरूले ठेचो क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

अहिले प्रहरी वृत्त सातदोबाटोमा विद्युत् प्राधिकरणका प्रतिनिधि, ठेकेदार, मृतकका आफन्तसहित छलफल भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us